सनराइज बैंकको ५० औं शाखारहित बैंकिङ्ग सेवा बाँकेको खजुरामा



काठमाडौं । सन्राइज बैंकले बाँकेको सीतापुर, खजुरा गाउँपालिका–२ मा ५० औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालमा ल्याएको छ ।

उक्त शाखाको खजुरा २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालले गरेका हुन ।
पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

हालसम्म बैंकले १३४ वटा शाखा, ५० वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्सटेन्सन काउण्टर र १६० वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।


क्लिकमान्डु