दराज मार्फत २१ सय बढी बने उद्यमी

क्लिकमान्डु २०७७ असोज ८ गते १६:५७ मा प्रकाशित

काठमाडौँ । दराज मार्फत २१ सय भन्दा बढीले साना र मध्यम आकारका उद्यम (एसएमई) सुरु गरेका छन् ।

दराजको सहयात्री कार्यक्रममा सहभागी हुन आठ हजार भन्दा बढीले दर्ता गरेका थिए । जसमध्ये मध्ये २१ सय भन्दा बढी उद्यमीहरु दराज मार्फत व्यवसाय सन्चालन गरेका र अन्य प्रकृयामा रहेका छन् ।

कार्यक्रम अन्तर्गत, दराजले चार महिनाको कमिसन शुल्क हटाई विक्रेताहरुलाई देश भरिका ७ लाख भन्दा बढी ग्राहकसम्म निशुल्क सेवा दिएको थियो । जसमा ५५ लाख भन्दा बढी सहायता दिएको कम्पनीले जनाएको छ । यसबाहेक, दराजले उद्यमीहरुलाई निःशुल्क व्यवसाय परामर्श, र दराज युनिभर्सिटि मार्फत इकमर्स शिक्षा दिएको छ ।

सहयात्री कार्यक्रमले डिजिटल युगमा व्यापार गर्न सजिलो बनाउने दराजको मिशनलाई पूर्ण समर्थन गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स