लघुवित्तका कर्मचारीले कम्पनीको खाताबाट तलब बुझ्न सक्ने, कर्मचारीको तलबलाई स्रोतमा गणना गर्न सकिने



काठमाडौं । लघुवित्त संस्थाका कर्मचारीले पाउने तलब भत्ता तथा सुविधा लघुवित्तकै खाताबाट दिने बाटो खुलेको छ ।

राष्ट्र बैंकले बिहीबार ल्याएको एकीकृत निर्देशिकाले लघुवित्त संस्थाका कर्मचारीले सो संस्थाबाट पाएको तलब भत्ता तथा सुविधालाई निक्षेपको रुपमा स्वीकार गरेर स्रोत परिचालन गर्ने बाटो खुलेको छ ।

राष्ट्र बैंकको व्यवस्थासँगै लघुवित्त संस्थाले आफ्नो नै खाताबाट कर्मचारीलाई तलब खुवाउन सक्छन् । यसरी आउने निक्षेपलाई स्रोतमा नै देखाउन सकिन्छ ।

स्रोतमा देखाउन नसकिने नियमले लघुवित्तमा काम गर्ने कर्मचारीको तलब तथा भत्ता अर्को बैंकमा आउने गरेको थियो ।


क्लिकमान्डु