राष्ट्रियस्तर बाहेकका लघुवित्त एउटा प्रदेशमा मात्र चलाउन पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका बाहेक लघुवित्त एउटा प्रदेशमा मात्र चलाउन पाइने व्यवस्था गरेको छ ।

एकभन्दा बढी प्रदेशमा चलेका लघुवित्त कम्पनी राष्ट्रिय स्तरको हुन नसकेमा अर्को प्रदेशमा रहेको शाखा कार्यालय २०७८ असार मसान्तभित्रमा शाखा कार्यालय बेच्नुपर्छ ।

पहिला जिल्ला अनुसार कार्यक्षेत्र रहेको लघुवित्तलाई राष्ट्र बैंकले संविधान अनुसार प्रदेशमा लगेको हो ।

राष्ट्रिय स्तरको बन्न नसकेका लघुवित्त संस्थाले जुन प्रदेशमा कारोबार गर्ने हो त्यसलाई मात्र कार्यक्षेत्र बनाएर अर्को प्रदेशमा रहेको शाखा कार्यालय बन्द तथा स्थानान्तरण गर्न सकिने सुविधा केन्द्रिय बैंकले दिएको छ ।

लघुवित्त संस्थाको लागि एकीकृत निर्देशिका जारी गरेर राष्ट्र बैंकले लघुवित्तको कार्यक्षेत्र तोकेको हो ।


क्लिकमान्डु