सिद्धार्थ बैंकले ३ अर्बको ऋणपत्र बिक्री गर्ने



काठमाडौं । सिद्धार्थ बैंकले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र बिक्री खुला गर्ने भएको छ । प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ‘८.५०% एसविएल डिबेन्चर २०८४’ बिक्री गर्न लागेको छ ।

उक्त ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले १२ लाख कित्तामा आवेदन दिन पाउने छन् भने १८ लाख कित्ता बैंकले नै विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ । ऋणपत्रमा वार्षिक ८.५० % ब्याजदर पाइनेछ । उक्त सेयरमा न्यूनतम २५ देखि अधिकत्तम सबै कित्तामा आवेदन दिन पाइने छ ।

लगानीकर्ताले असोज १६ गतेबाट २० गतेसम्म आवेदन दिन पाउने छन् । त्यो अवधिमा बिक्री नभएमा असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो । सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु