भाष्करराज राजकर्णिकारको नेतृत्वमा मिडिया सोसाइटीमा फुट, जन्मियो मिडिया एलाइन्स



काठमाडौं । एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा मिडिया सोसाइटीमा फुट आएको छ ।

राजकर्णिकारको नेतृत्वमा मिडिया एलाईन्स नामक ठूला मिडियाको लगानीकर्ताको अर्को संस्था गठन भएको छ ।

एलाइन्सको उपाध्यक्षमा राजधानी दैनिकका महेन्द्र शेरचन तथा माउन्टेन टेलिभिजनका राजु कंडेल रहेका छन् ।

महासचिवमा इमेज टेलिभिजनका सीइओ लक्ष्मण हुमागाईँ रहेका छन् । कोषाध्यक्षमा इम्प्रेसन पब्लिकेशनका उज्वल शर्मा रहेका छन् ।

सदस्यमा जनताका टेलिभिजनका अध्यक्ष विजय पौडेल,प्राइम टेलिभिजनका अध्यक्ष ऋषी धमला,एपीवनका सीइओ राजेन्द्र शाक्य तथा सम्बृद्धि ज्ञवाली नागरिक नेटवर्ककी सीइओ छन् ।
यस्तै सल्लाहकार अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र नागरिक दैनिकका अध्यक्ष बिनोदराज ज्ञवाली रहेका छन् ।

मिडिया क्षेत्रमा देखिएको समस्या समाधानको लागि संस्था गठन गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।

यद्यपी मिडिया सोसाइटीबाट फुटेर नयाँ संस्था जन्मनुको पछाडि कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहियालाई टक्कर दिन खोजिएको रुपमा बुझिएको छ ।

‘सोसाइटीले कैलाशजीको रुचीमा मात्र काम गर्यो,त्यसैले नयाँ संस्था आवश्यक परेको हो,’नयाँ संस्थाका एक सदस्यले भने ।

मिडिया सोसाइटीका महासचिव मदन लम्सालले भने संविधानले संघसंस्था खोल्ने अधिकार दिएको हुँदा कसैले संस्था दर्ता गर्नुलाई आफुहरुले सकारात्मक लिएको बताए ।

‘संविधानले दिएको अधिकारमा नयाँ संस्था जन्मिएको किन विरोध गर्नु,केही साथीहरुले संस्था खोलेपनि सोसाइटीमा फुट भने आएको होइन,’उनले भने ।

सोसाइटीको अध्यक्ष अहिले एबिसी टेलिभिजनका शुभशंकर कंडेल रहेका छन् ।


क्लिकमान्डु