राष्ट्रिय वाणिज्य बैंकले सनराइज क्यापिटलमा भएको संस्थापक सेयर बेच्ने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो स्वामित्वमा रहेको सनराइज क्यापिटलको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले ४ लाख २८ हजार ५८० कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरमा संस्थापक सेयरधनी, संगठित संस्था, बैंक तथा वित्तीय संस्थाहरुले असोज ६ गतेबाट २० गते भित्र आवेदन दिनुपर्ने छ ।

आवेदन दिनेले २० गतेभित्र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड टेकुमा पुग्ने गरी गोप्य शिलबन्दी आवेदन मार्फत आवेदन दिनुपर्ने बिक्री प्रबन्धकले जनाएको छ ।

उक्त सेयरको मूल्य प्रति सेयर १ सय रुपैयाँ रहेको छ । उक्त सेयरमा आवेदन दिँदा एक मुष्ठ ४ लाख २८ हजार ५८० कित्ताको लागि आवेदन दिनु पर्ने छ ।


क्लिकमान्डु