फिनसेन फाइला खुलासा : चाटर्ड सहित शंकास्पद कारोबार भएका बैंकको सेयर मूल्य घट्यो



फिनसेन फाइल खुलासासँगै अन्तराष्ट्रिय बजारमा ठूला बैंकहरुको सेयर मूल्य घटेको छ ।

बेलायतको एचएसबीसी बैंकको सेयर मूल्य २५ वषकै न्यूनतममा पुगेको छ। लन्डन स्टक एक्सचेन्जमा कम्पनीको सेयर मूल्य सन् १९९५ को स्थितीमा पुगेको छ ।

सोमबार कम्पनीको लन्डन स्टक एक्सचेन्ज र हङकङ स्टक एक्सचेन्जमा ४ प्रतिशत ले मूल्य घटेको छ ।

कथित कालो धन प्रकरणमा बैंकको नामका कारण बैंकको शेयर लगातार गिरावट आएको हो ।

यस वर्ष एचएसबीसी बैंकको सेयर ५० प्रतिशतले घटेको छ। बैंकले ८० मिलियन अमेरिकी डलर सम्बन्धित कागजातमा भुक्तानी गरेको खबरका कारण स्टकले ठूलो बिक्री भएको छ। फिनसेन फाइलका अनुसार शंकास्पद रकम ट्रान्सफरमा बैंकको प्रमुख भूमिका रहेको छ । सोमबार एचएसबीसी बैंक बाहेक स्ट्यान्डर्ड चार्टर्ड, ड्युश बैंक र बार्क्लेको शेयर पनि तीव्र गिरावट आएको छ ।

बैंक र अन्य वित्तीय फर्महरूले अमेरिकी ट्रेजरीको वित्तीय अपराध प्रवर्तन नेटवर्क(फिनसेन) लाई पेश गरेको शंकास्पद विवरण लिक भएको छ ।
खोज पत्रकाहरुको अन्तराष्ट्रिय संस्थाले यसलाई लिक गरेको छ ।

मिडिया रिपोर्टका अनुसार एचएसबीसी बैंक, बार्कलेज र ड्युश बैंकले प्रतिबन्धको बाबजुद झन्डै दुई दशकदेखि मनी लान्ड्रिंगबाट पैसा उठाउँदै आएका छन्। यसै आधारमा एचएसबीसी बैंकबाट ८० मिलियन अमेरिकी डलरको कारोबार भएको छ । जुन शंकास्पद रुपमा हेरिएको छ ।

एचएसबीसी बैंक का शेयर लंदन शेयर मार्केट ४ प्रतिशतले घट्यो । यस्तै चाटर्डको ३ प्रतिशतले घट्यो ।


क्लिकमान्डु