एक महिनामै बैंकहरुले गरे ३५ अर्ब कर्जा प्रवाह



काठमाडौं । बैंकहरुले एक महिनामै ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले साउन मसान्तयता असोज २ गतेसम्म ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको हुन् ।

साउन मसान्तसम्म बैंकहरुले २८ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार असोज २ गतेसम्म बैंकहरुको कर्जा प्रवाह ३५ अर्ब रुपैयाँले बढेर २९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ ।

भदौको पहिलो साता बैंकहरुले २८ खर्ब ८६ अर्ब, दोस्रो साता २८ खर्ब ९२ अर्ब, तेस्रो साता २८ खर्ब ९७ अर्ब र चौथो साता २९ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यसैगरी, उक्त अवधिमा बैंकहरुमा निक्षेप संकलन ३८ अर्ब रुपैयाँले बढेको छ । साउन मसान्तसम्म बैंकहरुले ३४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । असोज २ गतेसम्ममा बैंकहरुले निक्षेप संकलन ३८ अर्ब रुपैयाँले बढाएर ३५ खर्ब १६ अर्ब रुपैयाँ पुर्याएका छन् ।

भदौको पहिलो साता बैंकहरुले ३४ खर्ब ८० अर्ब, दोस्रो साता ३४ खर्ब ८५ अर्ब, तेस्रो साता ३४ खर्ब ९१ अर्ब रुपैयाँ र चौथो साता ३४ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको संघको तथ्यांकमा उल्लेख छ ।


क्लिकमान्डु