सेयर लिलामी गर्दै मेगा बैंक



काठमाडौं । मेगा बैंकले संस्थापक र सर्वसाधारणको सेयर लिलामी गर्ने भएको छ ।

बैंकको २०७४ साल भदौ २७ देखि कात्तिक १४ गतेसम्म बिक्री खुला गरेको संस्थापक र सर्वसाधारण तर्फको सेयरहरुको लागि माग अनुसारको आवेदन परेको थिएन । त्यो बेला माग अुनसार आवेदन नपरेको सेयर गोप्य शिलबन्दीबाट बिक्री गर्न लागेको छ ।

बैंकका अुनसार संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३४४ कित्ता रहेको छ भने सर्वसाधारणतर्फ ७ लाख ७ हजार ३९४ कित्ता सेयर रहेको छ । उक्त सेयर किन्न चाहनेले असोज ११ देखि असोज १८ गते सम्म आवेदन दिनुपर्ने छ ।

न्यूनतम १०० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यसको लागि दररेट लगानीकर्ता आफैले राख्नुपर्ने छ । सेयरमा मेगा क्यापिटल तथा मेगा बैकका विभिन्न शाखामा आवेदन दिनुपर्ने छ ।

आवेदन दिनको लागि उपत्यका भित्र कमलादी, नयाँ बानेश्वर, ठमेल, ज्ञानेश्वर, चाबहिल, बौद्ध, कंलकी गोंगबु, महाराजगञ्ज, मैतीदेवी,जावलाखेल, पुरानो ठिमी, सूर्य विनायक रहेका छन् ।

यस्तै उपत्यका बाहिर धनगढी, नेपालगञ्ज, बुटवल, तुल्सीपुर, पोखरा, अर्घाखाँची, धरान, विरानटगर, विरगञ्ज, बिर्तामोडमा रहेका मेगा बैंकको शाखामा आवेदन दिन सकिने छ ।


क्लिकमान्डु