उद्योगी शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री चतुर्थ बाट विभूषित



काठमाडौँ । सरकारले पाँचौं संबिधान दिवसका अवसरमा एक दर्जन भन्दा बढी उद्योगी व्यवसायीलाई बिभिन्न मानपदवी, अलंकार र पदकले विभुषित गरेको छ ।

यसै प्रसंगमा यस बर्ष शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई प्रबल जनसेवा श्रीचतुर्थबाट विभूषित गरिएको छ । शंकर ग्रुप शंकरलाल अग्रवालको अध्यक्षतामा स्थापित एक व्यवसायी ग्रुप हो, जसले छोटो समयमा नै नेपालको अर्थतन्त्रमा आफ्नो ठुलो योगदान दिन सफल भएको छ ।

यस ग्रुपले सिमेन्ट, छड, स्टिल पाइप, प्लाष्टिक प्याकेजिनङ इत्यादि निर्माण गर्दै देशको अर्थतन्त्रमा योगदान पुर्याउदै आएको छ ।
शंकर ग्रुपले यो सम्मानले देश र समाजप्रतिको दायित्व बढाएको प्रतिक्रिया दिएको छ । व्यवसाय सँगै सामाजिक दायित्वलाई अझ गम्भीरता साथ लिने ग्रुपले जनाएको छ । साथै ग्रुपले अहिले गरिरहेका सम्पूर्ण सामाजिक कार्यहरुलाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो पटक महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ तथा कार्यकारिणी सदस्य भरत आचार्य तथा ज्योत्स्ना श्रेष्ठले पनि राष्ट्रपतिबाट संविधान दिवसको अवसरमा विभुषण पदक प्राप्त गरेका छन् ।

संबिधान दिवसको अवसरमा सरकारले ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गरिने घोषणा गरेको छ ।


क्लिकमान्डु