नेपाल बैंकको नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा



काठमाडौं । नेपाल बैंकले बाग्लुङ्ग जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौर अन्तर्गत रहनेगरी ३३ औँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गलकोट नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र हटिया बजारलाई लक्षित गरि सुरू गरेको बैंकले जानकारी दिएको छ ।

गलकोट शाखा अन्तर्गतको एक्टेन्सन काउण्टरबाट समेत ग्राहकको सेवा र चाहानालाई मध्यजनर गरि सेवा प्रवाह गर्नुपर्नेमा जोड दिने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए ।

लकडाउन तथा निषेधाज्ञाको हालको विषम परिस्थितिमा समेत नयाँ आर्थिक वर्षको पहिलो दुई महिनामा बैंकद्वारा पाँच वटा एक्स्टेन्सन काउण्टरहरु थप गरी संचालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।

प्रवक्ता अधिकारीका अनुसार यस अघि श्रावण २३ गते दाङ्ग जिल्लाको भरतपुरस्थित क्याम्पस चोकमा, भाद्र १ गते पोखरा लेखनाथस्थित पोखरा नर्सिङ्ग क्याम्पसमा, भाद्र १० गते काठमाण्डौंस्थित अमृत साईन्स क्याम्पसमा, भाद्र १५ गते चितवन रामपुरस्थित कृषि तथा वन बिश्वबिद्यालयमा एक्स्टेन्सन काउण्टरहरु थपगरी सेवा प्रबाह सुरु भइसकेको छ ।

बैंकले १८९ वटा शाखाहरु, १२५ वटा एटिएम तथा ३३ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ । बैंकले चालु आर्थिक बर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्य राखेको छ ।


क्लिकमान्डु