भायानेटको इन्टरनेट अब इनरुवामा



काठमाडौं । भायानेटले आफ्नो अप्टीक्स इन्टरनेट र आईपीटीभी सेवाहरुलाई नेपालभरि विस्तारित गर्ने क्रममा इनरुवाबाट सेवा दिने भएको छ ।

इनरुवामा आफ्ना सेवाहरु उपलब्ध गराउन लागि दुहबी रोडमा आफ्नो नयाँ शाखा खोल्न लागेको छ ।

कम्पनीका अनुसार अब इनरुवावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्नेछन् ।

भायानेटले नेपालको पहिलो एफटिटिएच सेवा सन् २०११ मा लन्च गरेको थियो । कम्पनीसँग आफ्नै आईपीटीभी सेवा भायाटिभी पनि रहेको जनाएको छ ।

जसमा ग्राहकहरुको लागि २५० भन्दा बढी एचडी च्यानलहरु, युट्यूभ, मोमो एप् र मूभी अन डिमाण्ड रहेको छ ।

यसका साथै १ वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु