आलुको बोराले छोपेर प्याज भण्डार गर्ने तीन व्यापारीको कारोबार रोक्का



काठमाडौं । तिनकुनेको कृषि बजारमा आलुको बोराले छोपेर प्याज भण्डार गर्ने तीन व्यापारीको कारोबार रोक्का गरिएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले बिहीबार विहान अनुगमन गरी व्यापारीको कारोबार रोक्का गरेको हो ।

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै व्यापारीहरूले कालोबजारी गरेकाले अनुगमन विभाग तथा उपत्यकाका महानगरपालिकाले तीब्र अनुगमन शुरू गरेको छ ।

उक्त अनुगमन टोलीमा महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी, सहकारीका कार्यकारी प्रमुख, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागबाट लिखित रुपमा व्यवसाय सञ्चालन गर्ने अनुमति नलिएसम्मका लागि कारोबार रोक्का गरेका छन् ।

यसरी रोक्का हुनेमा शालिकराम दुलालले सञ्चालन गरेको दुलाल आलु भण्डार फर्म, ज्यातीनाथ तुलाधरले सञ्चालन गरेको उलक सब्जी भण्डार र बिजेश गौतमले सञ्चालन गरेको दर्ता हुन बाँकी होलसेल रहेका छन् ।

त्यसैगरी, उलक सब्जी स्टोरमा आलुका बोराले छोपेर १३ बोरा प्याज भण्डार गरिएको थियो ।

प्याजको भाउ बढेपछि कहाँबाट प्याज ल्याउने भनेर सोचिरहेका बेला कालीमाटीका व्यापारीले प्याज पठाइदिएको त्यहाँका तीनकुनेका व्यापारीको भनाइ छ ।

तीनकुनेको कुषि बजारमा १२८ वटा तरकारीका स्टल छन् । बाहिरपट्टिका सटरबाट होलसेल व्यापार हुन्छ भने भित्रका पसलबाट खुृद्रा व्यापार हुन्छ ।


क्लिकमान्डु