इन्भेष्टमेन्ट बैंकले १० वर्षसम्म फिक्स्ड ब्याजदरमा व्यक्तिगत कर्जा दिने, कुनमा कति ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छ । बैंकले असोज १ गतेबाट लागु हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेका हो ।

सार्वजनिक नयाँ ब्याजदर अनुसार बैंकले साधारण बचतमा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।

बैंकले विदेशीमुद्राका निक्षेप खाताहरुमा भने ०.७५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । साथै, मुद्दतिखातामा बैंकले व्यक्तिगततर्फ १ सम्मलाई ७.७५ प्रतिशत र एक वर्षभन्दा माथिका मुद्दतिमा ८.२५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । साथै संस्थागत मुद्दतिमा बैंकले ६.५० प्रतिशतदेखि ७.१० प्रतिशतसम्म ब्याज दिने भएको छ ।

यसैगरी बैंकले कर्जा तर्फभने न्यूनतम ८.७४ प्रतिशतदेखि अधिकतम १२.४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । हाल बैंकले कायम गरेको बेसरेट ७.४९ प्रतिशत छ । जसअनुसार बैंकले कर्जाको ब्याजदर निर्धारण गरेको हो ।

बैंकले न्यूनतम १ वर्षदेखि १० वर्षसम्मका फिक्स्ड ब्याजदरमा पनि कर्जा प्रवाह गर्ने भएको छ । जसमा एक वर्षे फिक्स्ड ब्याजदरमा एनआइबीएल इको लोन, एसएमई लोन, सेयर धितो कर्जा, सुनचाँदी धितो कर्जा, कृषि कर्जा र घर कर्जा ९.९९ प्रतिशत ब्याजदरमा दिने घोषणा गरेको छ ।

यसैगरी, बैंकले ७ वर्षे र १० वर्षे घर कर्जाको क्रमशः १०.५० प्रतिशत र १२.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै, बैंकले ७ वर्षे र १० वर्षे सवारी कर्जाको ब्याजदर क्रमशः ११ प्रतिशत र १३ प्रतिशत निर्धारण गरेको छ ।


क्लिकमान्डु