हिमालनय, एनसीसी र एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक, कसकाे केमा कति ?
काठमाडौं । हिमालनय बैंक, एनसीसी र एभरेष्ट बैंक बैंकले नयाँ ब्यादर सार्वजनिक गरेका छन् ।
तीनवटै बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर असोज १ गतेबाट लागु हुने छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले हरेक महिना शुरु हुनुभन्दा अघिल्लो दिनसम्ममा नयाँ ब्याजदर सार्वजनिक गर्नु पर्ने निर्देशन दिएको छ ।
त्यही निर्देशनका कारण बैंकहरुले असोज महिनाको नयाँ ब्याजदर भदौमा नै सार्वजनिक गर्न थालेका छन् ।
हिानलयज बैंकको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ४ देखि ७ र संस्थागततर्फ ३ देखि ५.५० प्रतिशत ब्याज पाइने छ ।
बैंकका अनुसार व्यक्तिगत तर्फ ३ महिनाको ४, ६ महिनाको ५, १ वर्षको ६, २ वर्षको ७ प्रतिशत ब्याज पाइने छ । यस्तै संस्थागतमा पनि ३ महिनाको ३, ६ महिनाको ४, १ वर्षको ५.५०, २ वर्षको मुद्दति निक्षेपमा ५.५० प्रतिशत ब्याज पाइने छ ।
यस्तै बचततर्फ न्यूनतम ०.२५ देखि ४ प्रतिशतसम्म ब्याज पाइने छ ।
त्यसैगरी एनसीसी बैंकले असोज १ गतेबाट जारी हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.२५ र संस्थागतरुपमा ६.५० प्रतिशत ब्याज दिने भएको छ । यस्तै १ वर्षभन्दा बढीको व्यक्तिगत मुद्दति निक्षेपमा ८.२५ प्रतिशत ब्याज दिने भएको छ ।
यता बचततर्फ न्यूनतम ३ देखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल १३ वटा बचत खाता सञ्चालन गगिरहेको छ । बैंकको असार मसान्तसम्मको आधार दर ९.०३ प्रतिशत रहेको छ ।
बैंकबाट कर्जा लिँदा ११.०३ देखि १४.०३ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ ।
बैंकबाट भेहिकल लोन लिँदा १३.०३ प्रतिशत ब्याज लाग्ने छ भने शैक्षिक धितोकर्जा, सरल कर्जा, सेयर धितोकर्जा,घर कर्जा लिँदा १४.०३ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।
यस्तै एभरेष्ट बैंकले पनि असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.२५ र संस्थागतरुपमा ६.५० प्रतिशत ब्याज दिने भएको छ ।
यता बचततर्फ न्यूनतम २.५० देखि ४.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल ३० वटा बचत खाता सञ्चालन गगिरहेको छ । बैंकको साउन मसान्तसम्मको आधार दर ७.४८ प्रतिशत रहेको छ ।
बैंकबाट कर्जा लिँदा १२.४८ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकबाट हाउजिङ, भेहिकल, हायर पर्चेज,लिँदा १२.४८ प्रतिशत ब्याज तिर्नुपर्ने छ । यस्तै शैक्षिक धितोकर्जा, एग्रो लोन लिँदा ११.४८ प्रतिशतसम्म ब्याज लाग्ने छ ।