बीओकेका ग्राहकलाई इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याज
काठमाडौं । बैंक अफ काठमाण्डूले ग्राहकको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।
नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुले आफुलाई आवश्यक सिजी, एलजी, गोद्रेज, टिसीएल तथा ब्ल्याक एण्ड डेकोर ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।
यस योजना अन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहकले ती ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु टिभि, मोबाइल, म्यूजिक सिस्टम, लुगा धुने मेसीन, एसी, माइक्रोवेभ, भ्याकुम क्लिनर, डिस वासर, स्टाइलर, वाटर पिउरिफायर सिस्टम लगायत किस्ताबन्दीमा खरिद गर्न सकिने छ ।
यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहक महानुभावहरुलाई कुनैपनि ब्याज लाग्ने छैन ।
बैंक र सिजी डिजिटलबीच भएको ब्यापारीक सम्झौता अन्र्तगत बैंकको ग्राहक महानुभावहरुलाई सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछन् ।