जग्गाको कित्ताकाट फुकुवामा सरकारको स्पष्टीकरण



काठमाडौं । कित्ताकाटको संदर्भमा सरकारले स्पष्टीकरण दिएको छ । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गत सातादेखि गरेको कित्ताकाट फुकुवाको निर्णय सम्बन्धमा थप स्पष्ट पारेको हो ।

मन्त्रालयले भदौ १९ गते कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका पूर्ववत निर्यण बदर गरेको थियो । जसको विषयमा विभिन्न संचार माध्यम र विभिन्न रुपमा अभिव्यक्त भएको चासो र चिन्ता र सरोकारवालालाई ध्यानमा राख्दै सो सम्बन्धमा थप स्पष्ट पारेको मन्त्रालयल जनाएको छ ।

जारी विज्ञप्तीका अनुसार मन्त्रालयले कृषि योग्य जग्गाको खण्डिकरण गर्ने सन्दर्भमा सर्वोच्च अदालले २०७४ साल फागुनमा गरेको आदेश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ साउन ५ गते दिएको सुझावको कार्यान्यवन गरेको मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु