आर्थिक स्वतन्त्र सूचकांकमा नेपाल एक स्थान माथि उक्लियो, हङकङ नम्बर वानमा



आर्थिक स्वतन्त्र सूचकांकमा नेपाल अघिल्लो पटकभन्दा एक स्थान माथि उक्लिएको छ । विश्वको आर्थिक स्वतन्त्रताः २०२० को वार्षिक प्रतिवेदनमा १६२ राष्ट्रमध्ये नेपाल ११० नम्बरबाट १०९ स्थानमा उक्लिएको हो ।

नेपालले कुल १० अंकमध्ये ६.४८ अंक प्राप्त गरेको छ । यसअघि ६.४९ अंक प्राप्त गरेको नेपाल ११० स्थानमा थियो भने सन् २०१८ मा ६.५३ अंकका साथ नेपाल १०२ स्थानमा थियो ।

यस सूचीमा सबैभन्दा अगाडि हङकङ र सिंगापुर छन् । त्यसैगरी क्रमशः न्यूजिल्याण्ड, स्वीटजरल्याण्ड, अमेरिका, अष्ट्रेलिया, मरिसस, जर्जिया, क्यानडा र आयरल्याण्ड शीर्ष १० भित्र छन् ।

त्यसैगरी सबैभन्दा तल अफ्रिकन रिपब्लिक, डेमोक्रेटिक अफ कंगो, जिम्बाबे, रिपब्लिक अफ कंगो, अल्जेरिया, इरान, एन्गोला, लिविया, सुडान, भेनेजुएला छन् ।


क्लिकमान्डु