एफएनसीसीआईको निर्वाचन गर्न समितिले दियो ३ विकल्प



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महासंघको ५४औं वार्षिक साधारण सभा र निर्वाचनको कार्यलाई के कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा ढा“चा तथा प्रक्रिया तयार गर्न गठित समितिले महासंघका अध्यक्ष भवानी राणा समक्ष आज सुझाव प्रतिवेदन पेश गरेको छ ।

गत साउन २१ गतेसम्पन्न महासंघको कार्यकारिणी समितिको १७औं बैठकले कार्यकारिणी समितिका ६ सदस्य सम्मिलित समिति गठन गरेको थियो ।

समितिलाई नेपाल सरकारका सम्बन्धित मन्त्रालय, निकायहरु, सीसीएमसी, स्वास्थ्य सम्बन्धी विज्ञहरूका साथै सरोकारवाला सबैसँग छलफल गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो । समितिले प्राप्त कार्यादेश अनुसार आफ्नो कार्य सम्पन्न गरी महासंघका अध्यक्ष राणा समक्ष प्रतिवेदन पेश गरेको हो ।

प्रतिवेदनमा वार्षिक साधारण सभाको हकमा समुद्घाटन, बन्दशत्र र समापन कार्यक्रम भर्चुअल जुम मार्फत तथा निर्वाचनको हकमा स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशनहरू पालना गरी गर्न सुझाव दिएको छ ।

जसमा ३ वटा विकल्प दिइएको छ ।

क) सबै क्षेत्र (जिल्ला/नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट) को प्रत्यक्ष काठमाडौंमा ।

ख) जिल्ला/नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र वस्तुगत, एसोसिएटको काठमाडौंमा ।

ग) कम्प्युटराइज-ई-भोटिङ मार्फत ।

समितिमा जिल्ला/नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अरूणराज सुमार्गी र डीबी बस्नेत, वस्तुगत क्षेत्रबाट ई. बिनोद ढकाल र सुनिल गोपाल श्रेष्ठ र एसोसिएट क्षेत्रबाट भरतराज आचार्य र रंजितराज आचार्य छन् ।


क्लिकमान्डु