सवारी साधनको आयात ३७.७६ प्रतिशतले घट्यो



फाइल फोटो

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले नेपाली बजारको अटोमोबाइल्स क्षेत्रमा निकै असर देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा सवारी साधन आयातमा ३७.७६ प्रतिशतले घटेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको पहिलो महिनामा ४ अर्ब ५३ करोड ३७ लाख ९७ हजारको सवारी साधन आयात भएको छ । सोही अवधिमा गत वर्ष ७ अर्ब २८ करोड ५१ लाखको सवारी साधन आयात भएको छ । जुन आयातमा ३७.७६ प्रतिशतले गिरावट आएको हो ।

त्यसैगरी, गत आवमा पहिलो महिनाको तुलनामा चालु आवको सवारीको साधनको संख्या भने बढी आयात भएको छ । गत आवको पहिलो महिनामा ३७ लाख २२ हजार २ सय ९६ सवारी साधन आयात भएको थियो भने चालु आवको सोही अवधिमा ९७ लाख ८७ हजार ४ सय ७८ सवारी साधन आयात भएको छ ।

लकडाउनले गर्दा चारपाङ्ग्रे गाडीको आयात १० प्रतिशत पनि आयात हुन नसकेको नाडा अटामोबाइल्स एशोसिसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

‘गाडी निकै कम संख्यामा आयात भएको छ,’ उनले भने, ‘लकडाउनको अवधिमा दुई पाङ्ग्रे सवारी साधनको आयात बढी भएका कारण सवारी साधान आयातको संख्या बढी भएको हो ।’

उनका अनुसार गाडीको मूल्य धेरै पर्ने र दुईपाङ्ग्रे सवारीको मूल्य कम भएकाले आयातको संख्या बढी र मूल्य कम हुन पुगेको उनले बताए ।
यसैगरी, सरकारले ३ अर्ब ३२ करोड ३७ लाख ७ हजार राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु