चामल आयात दोब्बरले बढ्यो, भारतबाट मात्र २ अर्ब ६६ करोडको आयात



काठमाडौं । नेपालमा चामलको आयात दोब्बरले बढेको छ । गत आर्थिक वर्षको साउन महिनाको भन्दा ६०.८२ प्रतिशत बढी चामल आयात चालु आवको सोही अवधिमा भएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको साउन महिनामा १ अर्ब ६५ करोड ६८ लाख ३४ हजार रुपैयाँ बराबरको ४ करोड ३३ लाख १ हजार ८९६ केजी चामल भारत लगायत तेस्रो मुलुकबाट आयात भएको थियो ।

चालु आवको सोही अवधिमा चामल आयात १ अर्ब रुपैयाँले बढेर २ अर्ब ६६ करोड ४५ लाख ४३ हजार रुपैयँ बराबरको ५ करोड ९७ लाख २० हजार ७०३ केजी चामल आयात भएको छ ।

विश्वव्यापी महामारी कोभिड–१९ जोखिम कम गर्न सरकारले गरेको लकडाउनका कारण खाद्यन्नमा परनिर्भरता बढेको देखिन्छ । आन्तरिक उत्पादन घट्दा मागअनुसारको आपुर्ति धान्न विदेशबाट चामलको आयात बढेको हो ।

नेपालमा वर्षेनी भारत, चीन, थाइल्याड र दक्षिण कोरियाबाट अर्बौ रुपैयाँ बराबरको प्रशोधित चामलको आयात हुने गरेको छ ।

तर लकडाउनपछि अर्थात् चैत यताभने भारतबाट मात्र नेपालमा चामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत आवको साउन महिनामा १ अर्ब ६५ करोड ६३ लाख ३५ हजार रुपैयाँ बराबरको ४ करोड ३२ लाख ९६ हजार २१० केजी प्रशोधित चामल आयात भएको थियो ।


क्लिकमान्डु