लुम्बिनी विकास बैंकको नाफा ४५ प्रतिशतले घट्यो



काठमाडौं । लुम्बिनी विकास बैंकको नाफामा ४५.८७ प्रतिशतले गिरावट आएको छ ।

अघिल्लो वर्ष ६२ करोड ६ लाख ८१ हजार ५६४ रुपैयाँ नाफा आर्जन गरेकोमा गत वर्ष ३३ करोड ५९ लाख ३४ हजार ८९२ रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ ।

बैंकको वितरणयोग्य नाफा १८ करोड ३९ लाख ४० हजार ३७९ रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको नाफा मात्रै नभएर खुद ब्याज आम्दानी र सञ्चालन मुनाफमा पनि गिरावट आएको छ ।

अघिल्लो वर्ष १ अर्ब १६ करोड ४६ लाख ५४ हजार ३३४ रुपैयाँ रहेकोमा गत वर्ष १ अर्ब १० करोड ५३ लाख ४७ हजार ६६२ रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा पनि अघिल्लो वर्ष ८४ करोड ७८ लाख १३ हजार ६६५ रुपैयाँ रहेकोमा गत वर्ष ४८ करोड ३ लाख ४२ हजार ६३९ रुपैयाँमा सिमित बनेको छ ।

२ अर्ब ७१ करोड ६३ लाख ११ हजार ७२९ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ३१ करोड ९७ लाख २ हजार २८१ रुपैयाँ रहेको छ । २८ अर्ब ५ करोड ८८ लाख १९ हजार ७२३ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २४ अर्ब २४ करोड ९८ लाख ३४ हजार ७९७ रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.६४ प्रतिशतबाट बढेर २.९९ प्रतिशतमा पुगेको छ । १२ रुपैयाँ ३७ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५३ पैसा रहेको छ ।


क्लिकमान्डु