इन्फ्रास्ट्रक्चर बैंकको नाफा २६.४० % ले बढ्यो



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकले ८४ करोड ७१ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन अघिल्लो वर्षको भन्दा २६.४० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा ६७ करोड १ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भएको सुधारले नाफामा सुधार आउन सघाएको देखिएको छ ।

गत आवको चौथो त्रैमासमा खुद ब्याज १ अर्ब २३ करोड ६ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १ अर्ब १३ करोड ४३ लाख २२ हजार रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन मुनाफा १ अर्ब १० करोड १६ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ९६ करोड १२ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ११ पैसाबाट बढेर ७ रुपैयाँ ६ पैसा पुगेको छ । यो सरकारको लगानी रहेको बैंक हो । यसले सौर्य उर्जा, जलविद्युत क्षेत्र, होटल, रिसोर्ट, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको छ ।


क्लिकमान्डु