स्पार्क हाइड्रोले १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजना निर्माण गर्ने



काठमाडौं । जलविद्युत् आयोजना शुरु गर्ने भनेर घोाणा गरेको झण्डै १५ वर्र्षपछि स्पार्क हाइड्रोले १२८ मेगावाट क्षमताको तमोर मेवा आयोजना निर्माण गर्ने भएको छ ।

शुरुमा १०१ मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भन्दै केही लगानीकर्तासँग पैसा समेत उठाएको सो कम्पनीले पुनः २७ मेगावाट क्षमता बढाएको छ ।

क्षमता बढाउने भन्दै कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन तथा तथा अन्य अध्ययनका नाममा आइतबार सार्वजनिक सूचना जारी गरेको छ ।

सो कम्पनीले विद्युत् विकास विभागमा विद्युत् उतपादन अनुमतिपत्रका लागि आवेदन दिएको छ । तोकिएअनुसार सो आयोजना निर्माण भएको भए यतिखेर लागत समेत उठेर नाफा भइसकेको हुने थियो ।

तर लगानीकर्ताबीच देखिएको विवाद तथा अन्य प्राविधिक कारणले गर्दा आयोजना सँधै चर्चामा मात्रै रहन पुग्यो ।

पछिल्लो पटक पुनः क्षमता बढाएर विद्युत् उत्पादन अनुमतिपत्रका लागि विभागमा कम्पनीले आवेदन दिएको छ । ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाँउपालिका र मेरिङदेन गाँउपालिका भएर बग्ने मेवा खोलाको पानी फुङलिङ र मिक्वाखोला गाँउपालिका भएर बग्ने तमार नदीमा मिसाई तमोर मेवा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो ।

दुई वटा खोलाको पानी मिसाई आयोजना निर्माण गर्ने तयारी छ । आयोजनाबाट वार्षिक ७१९.१ज्ञ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । विद्युत् गृहमा ४४ मेगावाट क्षमताका ३ वटा टर्वाइन जडान गरिनेछ ।

आयोजनाबाट उतपादित विद्युत् कूल ८ किलोमिटर लामो २२० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत् नेपाल विद्युत् प्राधिकरणको हाङपाङ सवस्टेशनमा जोडिनेछ ।

आयोजनाले २०८२ साउन १० गतेदेखि विद्युत् उत्पादन थाल्ने गरी तयारी गरिएको जानकारी दिएको छ । आयोजनाका प्रवद्र्धक भानेन्द्रकुमार लिम्बु हुन् ।

कास्कीमा ८६ मेगावाटको तान्द्रुक मोदी निर्माण हुँदै

यस्तै अन्नपूर्ण विद्युत् विकास कम्पनीले कास्कीको अन्नपूर्ण गाँउपालिका र माछाप्ुच्छ«े गाँउपालिकाको भएर बग्ने मोदी खोलामा ८६.५९ मेगावाट क्षमताको तान्द्रुक मोदी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

आयोजना नदी प्रवाही प्रकृतिको आयोजना हो । आयोजनाको मुख्य संरचना मोदी खोलाको बाँया किनारमा निर्माण हुनेछन् । आयोजनाबाट उतपादित विद्युत् २७.५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत् प्राधिकरणको कुस्मास्थित सवस्टेशनमा जोडिनेछ ।


क्लिकमान्डु