अन्तर्राष्ट्रिय वित्तीय निगमबाट नेपाल इन्भेस्टमेन्ट बैंक सम्मानित



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भएका आईडीए देशहरू,दक्षिण एसिया’ का रुपमा सम्मान पाएको छ ।

बैंकले विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगमबाट ग्लोबल ट्रेड फाइनान्स प्रोग्रामअन्तर्गत इन्भेस्टमेन्टले नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि उक्त पुरस्कार प्राप्त गरेको हो ।

आईएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स) को प्रबद्र्धनका लागि नेपाल इन्भेस्टमेन्ट बैंकसँग साझेदारी गरेको छ । जसबाट बैंकले स्थानीय उद्यमीहरूका लागि सहयोग बढाउने र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरू वृद्धिमा सहयोग पुर्याउन सकेको छ ।

ट्रेड फाइनान्सको सहयोगले देशका ठूला (कर्पोरेट) र साना तथा मझौला उद्यम क्षेत्रलाई उनीहरूको विश्वव्यापी व्यापारको हिस्सा बढाउन र विश्वव्यापी अभिकर्ता बैंकहरूको फराकिलो दायराबाट मान्यता पाउन सक्षम बनाउने विश्वास लिइएको छ ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।

हाल बैंकले मुलुकभर रहेका ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट सेवा दिदैं आएको छ ।


क्लिकमान्डु