सनराइज बैंक र हङ्गकङ्ग स्थित एटी सर्भिसेजबीच सेवा आदन प्रदान सम्बन्धी सम्झौता



काठमाडौं । सनराइज बैंक र हङ्गकङ्ग स्थित एटी सर्भिसेजबीच सेवा आदन प्रदान सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । बैंकले अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पछि सर्भिसेजमार्फत्  हङ्गकङ्गबाट नेपालमा पठाएको पैसा केही मिनेटमै बैंकको सबै शाखाहरुबाट प्राप्त गर्न सकिनेछ । यसैगरी बैंक खातावालाको हकमा भने, यो सेवा सन्राइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यससँगै हङ्गकङ्गमा रहनु भएका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने भएको छ । एटी सर्भिसेजमार्फत् पैसा पठाउँदा तुलनात्मक अधिक्तम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको जनाइएको छ ।

हाल बैंकको देशभर १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १० हजारभन्दा बढी एजेन्ट सञ्जालहरु छन् ।


क्लिकमान्डु