बैंकिङ प्रणालीमा अधिक तरलता, २० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ रिभर्स रिपो जारी गर्ने भएको छ ।

बैंक तथा वित्तीय प्रणालीमा बजारमा लगानीयोग्य रकम बढी भएपनि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर बजारबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

राष्ट्र बैंकले उक्त रिपो जारी गरेर बजारमा तरलता सन्तुलन कायम राख्न खोजेको हो ।

उक्त रिपो जारी गरेको ७ दिन भित्र अर्थात साउन २२ गते परिपक्व हुनेछ । रिभर्स रिपो लिन गर्न चाहने बैंकहरुले बिहीबार (आज) दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन दिइसक्नुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा बाहिर जान नदिन पनि तरलता खिच्न लागेको जनाएको छ । हाल बैंकिङ्ग प्रणलीमा २ खर्ब भन्दा बढी तरलता रहेको बताइन्छ ।


क्लिकमान्डु