कुमारी बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपका होटलमा १०% छुट



काठमाडौं । कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बीच विशेष सेवाहरुमा छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पश्चात बैंकका कार्ड वाहक ग्राहकले बिजनेस ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा १०% सम्म छुट पाउनेछन् । साथै ग्राहकहरुले होटेल बसाईमा रुम शुल्कमा पनि आकर्षक कर्पोरेट छुट प्राप्त गर्न जनाइएको छ ।

सो सम्झौता पत्रमा बैंकका तर्फ रिलेसन्शिप म्यानेजर उदित बहादुर सिंह र सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट सेल्स तथा मार्केटिङ्ग निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् ।
हाल बैंकले २०३ शाखा सञ्जाल, १३८ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।


क्लिकमान्डु