इन्भेष्टमेन्ट, सनराइज र नेपाल बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनमा कति ?
काठमाडौं । नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
नेपाल बैंकको बचत खातमा ३ देखि ५ प्रतिशत ब्याज छ । बैंकले २४ वता बचत खाता सञ्चालनमा ल्याएको छ । नेपाल बैंकको असार मसान्तसम्मको आधारदर ६.९९ प्रतिशत रहेको छ ।
बैंकबाट पाइने कर्जाको ब्याजदर अब एकल अंकमा झरेको छ । बैंकबाट वर्किङ क्यापिटल लोन लिँदा ७.६८ प्रतिशतदेखि १०.६५ प्रतिशतसम्म ब्याज लाग्ने छ ।
त्यसैगरी मोटरेज लोन लिँदा ८.५४ देखि ११.६५ प्रतिशतसम्म, हायर पर्चेज लोनमा ११.१५ प्रतिशतसम्म ब्याजदर लाग्ने छ । होम लोनमा १०.६५ प्रतिशतसम्म, अटो लिन लिँदा ११.१६ प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तै शैक्षिक धितोकर्जा लिँदा ८.०४ देखि ९.१५ प्रतिशतसम्म ब्याज लाग्ने छ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको असार मसान्तसम्मको आधार दर ७.८८ प्रतिशत रहेको छ ।
बैंकबाट सोलार लोन लिँदा ८.०३ देखि ११.८८ प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तै शैक्षिक धितोकर्जा लिँदा ९.८८ देखि १२.८८ प्रतिशतसम्म, हाउजिङ लोन ९.३८ देखि १२.८८ प्रतिशतसम्म, हायर पर्चेज लोन १२.८८ प्रतिशतसम्म ब्याज लाग्ने छ ।
सनराइज बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १४ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर लागू गर्न बैंकले स्प्रेडरेट ४.३७ प्रतिशत र बेसरेट ८.९५ प्रतिशत कायम गरेको छ ।
हाल बैंकले २० प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा बेसरेटमा न्यूनतम १ प्रतिशत देखि ४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
यसैगरी बैंकले व्यक्तिगत मुद्दति खातातर्पm ३ महिनाको ७ प्रतिशत, ३ महिनामाथि ७.२५ प्रतिशत, एक वर्षदेखि २ वर्षसम्मलाई ७.५० प्रतिशत र २ वर्षमाथिको मुद्दति खातामा ७.७५ प्रतिशत ब्याज तोकिएको छ ।
साथै संस्थागत मुद्दति खातातर्पm ३ महिनाको ६.५० प्रतिशत, ३ महिनामाथि ६.६० प्रतिशत ब्याज दिने भएको छ ।
बैंकले हाल २६ प्रकारका कर्जा सञ्चालन गरेको छ । जसमा न्यूनतम १०.२ प्रतिशतदेखि १३.९५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
त्यसैगरी बैंकले शैक्षिक धिर्ता, कृषि कर्जा, एसएमई कर्जा, ट्रम लोनलगायतका अन्य प्रकारका कर्जा लिँदा १३.९५ प्रतिशतसम्म ब्याज लाग्नेछ ।