बिग मर्जर गरेमा वाणिज्य बैंकका सीइओलाई उमेर हद नलाग्ने



काठमाडौं । वाणिज्य बैंक र वाणिज्य बैंक एक आपसमा मर्ज भएमा प्रमुख कार्यकारी अधिकृत(सीइओ)को उमेर हद नलाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले ल्याएको एकीकृत निर्देशिका  अनुसार सीइओको लागि ६५ वर्षको उमेर हद तोकिएको छ । ६९ वर्ष उमेर पुगेको व्यक्ति सीइओ बन्न नसक्ने भनिएको छ । तर,२०७८ सालको असार मसान्तसम्ममा वाणिज्य बैंक र वाणिज्य बैंक मर्जर तथा एक्विजेशन भएर एकीकृत कारोबार सुरु गरेमा एक कार्यकालको लागि सो व्यवस्था लागु हुने छैन ।

राष्ट्र बैंकले सीइओको लागि लगाएको उमेर हदको व्यवस्था भने सर्बोच्चको अन्तरिम आदेशले कार्यान्वयनमा आउन सकेको छैन ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरे अनुसार २०७८ साल असार मसान्तसम्ममा बिग मर्जर गरेमा राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्जात(सीआरआर)मा २०७९ असार मसान्तसम्ममा ०.५० प्रतिशतले छुट दिने उल्लेख गरेको छ ।

यस्तै वैधानिक तरलता अनुपात(एसएलआर)मा बिग मर्जर गर्ने संस्थाले १ प्रतिशत छुट पाउने छन् । संस्थागत निक्षेपको सीमामा समेत बिग मर्जर गर्ने संस्थालाई छुट हुने छ ।


क्लिकमान्डु