राष्ट्र बैंकमा आवेदन दिएका ९ संस्थाले लघुवित्तको लाइसेन्स नपाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकमा संस्था सञ्चालनको लागि आवेदन दिएका लघुवित्त संस्थालाई लाइसेन्स नदिने भइको छ । राष्ट्र बैंकले यसअघि नै लघुवित्त संस्थाको आवेदन रोक्का गरेको थियो ।

हाल आवेदन दिएर सञ्चालनको अनुमतिको पर्खाइमा रहेका लघुवित्तको समेत प्रक्रिया रोक्का गरेको हो ।

राष्ट्र बैंकले २ साताअघि नै लघुवित्त संस्थाहरुको सन्दर्भमा सो निर्णय गरेको गभर्नर महाप्रसाद अधिकारीले बताए ।
‘राष्ट्र बैंकबाट संस्था सञ्चालनका लागि अनुमति लिन तर सञ्चालनमा आइसकेपछि मर्जरमा जाने फेसन बढेकाले लाइसेन्स रोकिएको हो,’ अर्थ समितिको बैठकमा उनले भने ।

उनका अनुसार पाइपलाइनमा रहेका ९ वटा संस्थाको लाइसेन्स प्रक्रिया पनि रोक्का गरिएको उनले जानकारी दिए ।

हाल नेपालमा ८९ वटा लघुवित्त संस्थाहरु सञ्चालनमा छन् ।


क्लिकमान्डु