कुमारी बैंक र देवः विकास बैंकको एकीकृत कारोबार शुरु



काठमाडौं । कुमारी बैंकले साविकको देवः विकास बैंकले एकीकृत कारोबार शुरु गरेको छ । कुमारीले देवः लाई प्राप्ती गरी मिति असार २८ गतेदेखि आधिकारिक रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको हो ।

कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष अमिर प्रताप जब राणा तथा साविकको देवः विकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङ (अ. प्रा) ले संयुक्त रुपमा एकीकृत कारोबारको समुद्घाटन गरेका हुन् ।

यस पश्चात् कुमारी बैंकको कूल शाखा एवं एक्सटेन्सन काउन्टर संजाल २१६, एटिएम संख्या १३८ लगायत कूल निक्षेप रु १२४ अर्ब, कूल कर्जा प्रवाह रु ११२ अर्ब तथा सेयर पूँजी रु १२.५२ अर्ब पुगेको छ ।

यस पश्चात् बैंक पहिले भन्दा सबल र आगामी दिनमा बैंकका शाखा/एटिएम विस्तारित तथा बैंकिङ सेवासुविधा अझै उत्कृष्ट र ग्राहकमुखी हुदैं जानेमा बैंकले प्रतिबद्धता गरेको छ ।


क्लिकमान्डु