ग्लोबल आइएमई बैंकद्वारा गण्डकी प्रदेशलाई आर्थिक सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

बिहीबार एक कार्यक्रमकाबीच बैंकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए ।

कोभिडको कारणले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको अवस्थामा आर्थिक सहयोगले भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने बताएको छ ।


क्लिकमान्डु