भारतीय मिडियामा प्रकाशित समाचारबारे कुटनीति माध्यम प्रयोग गरी कानूनी उपचार पनि खोज्छौंः खतिवडा



काठमाडौं । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारबारे कुटनीतिक माध्यम प्रयोग गर्ने बताएका छन् ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले हाम्रो राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र नेपालीहरुको स्वाभिमानलाई आँच पुर्याउने खालको किसिमका समाचारहरु सम्प्रेषण नगर्नका लागि हामी अनुरोध समेत गरे ।

‘यसबारेमा हामीले कुटनीतिक माध्यम प्रयोग गरी कानूनी र राजनीतिक उपचार खोज्नुपर्ने हुन सक्छ,’ उनले भने ।

मन्त्री खतिवडाले सञ्चारमाध्यमहरु स्वच्छ, स्वस्थ, पारदर्शी ढंगले समाचार सम्प्रेषण गरुन भन्ने ध्येय भएको बताउँदै स्वदेशी हुन वा चाहे विदेशी सबैले पालना गर्नुपर्ने बताए । उनले चरित्र हत्याउने गरी, मानमर्दनलाई आँच पुर्याउने गरी प्रतिष्ठा घटाउने गरी प्रसारण भएका समाचारको सरकारले भ्रत्सना गरेको बताए ।

सरकारले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस् भन्ने आफूहरुको चाहना भएकाले स्वस्थ समाचार मात्रै सम्प्रेषण गरोस भन्ने चाहना रहेको बताए । यो विषयमा कुटनीतिक माध्यमको पनि प्रयोग गर्नुपर्ने हुन सक्ने उनले बताए ।


क्लिकमान्डु