तिनाउ मिसन डेभलपमेन्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कर्जा सुरक्षण सम्बन्धी सम्झौता



काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच पशुधन, लघुवित्त तथा विपन्न वर्ग कर्जाको कर्जा सुरक्षण समवन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापछि बैंकबाट कर्जा लिई खरिद गरेको पशुहरुको कर्जा सुरक्षण कोषबाट बीमा हुनेछ । साथै बैंकले प्रवाह गरेको १० लाख रुपैयाँसम्मको लघुवित्त तथा विपन्न वर्ग कर्जाको समेत सुरक्षा हुनेछ ।

यस्तै, अब बैंकबाट कर्जा लिई खरिद गरेको पशुको मृत्यु भएमा वा त्यस्तो पशु अनुत्पादक भएमा सम्वन्धीत पशुधनीले कोषबाट क्षतिपूर्ति पाउनेछन् ।

गाई, भैंसी, बाख्रा, बंगुरको लगायतका पशुहरुको विमा वापत लाग्ने शुल्कमध्ये ७५ प्रतिशत शुल्क नेपाल सरकारले र वाँकी २५ प्रतिशत शुल्क मात्र व्यवसायीले व्यहोनुपर्ने हुँदा उद्यमीलाई न्यूनतम शुल्कको मात्र भार पर्ने र जोखिम समेत न्यूनिकरण हुने बैंकले जनाएको छ ।

हाल चुक्तापूँजी १ अर्व ६७ करोड ५८ लाख रहेको बैंकले १५ अर्व ५० करोड निक्षेप संकलन गरी १२ अर्व ५२ करोड कर्जा प्रवाह गरेको छ भने ५३ वटा शाखा कार्यालयहरुबाट बैंकिङ कारोवार गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले बताए ।


क्लिकमान्डु