ज्योति विकास बैंकको सीइओमा श्रीचन्द्र भट्ट



काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्याकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले भट्टलाई ४ वर्षे कार्यकालको लागि नियुक्त गरेको हो ।

बैंकका पूर्वकार्यकारी अधिकृत मनोज ज्ञवालीको बैशाख १५ गते राजीनामा स्वीकृत भएपछि सो पद रिक्त थियो ।

भट्टको यसअघि आइएमई लाइफ यन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, मेगा र इन्भेष्टमेन्ट बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरेको अनुभव छ ।


क्लिकमान्डु