नेपाल प्रहरीको आईजीपीमा शैलेश थापा क्षेत्री



काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुने गरी आईजीपी नियुक्त गरेको हो । थापाले २०७९ बैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन् ।

वर्तमान आईजीपी ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधिका कारण भोलिदेखि अनिवार्य अवकाश पाउने छन् । नयाँ प्रहरी महानिरीक्षकका लागि २ जना एआईजीपी थापा र हरिबहादुर पालको चर्चा थियो ।


क्लिकमान्डु