एनआईसी एशियालाई के भयो ? लगभग बेसरेटमा ऋण दिने र अरुको समेत तान्ने



काठमाडौं । बैंकिङ क्षेत्रमा तरलता सहज भएसँगै बैंकहरुले ऋणको नयाँ योजना ल्याउन थालेका छन् ।

एनआईसी एशिया बैंकले करिब बेसरेटमा नै ऋण दिने योजना ल्याएको छ । एनआईसी एशिया बैंकको जेठ महिनाको बेसरेट ८.२२ प्रतिशत छ । बैंकले ८.२५ प्रतिशत ब्याजदरमा घर र गाडी कर्जाको योजना ल्याएको छ । यसमा ०.२५ प्रतिशत प्रशासनिक शुल्क लाग्ने बैंकले जनाएको छ ।

बैंकले अरुको समेत ऋण स्वाप गर्ने नीति लिएको देखिएको छ । पछिल्लो समय बैंकमा लकडाउनको कारण कर्जाको माग छैन । ऋणको माग नभएपछि एनआईसी एशियाले लिएको ऋण स्वाप गर्नेमा बैंकहरुबीच प्रतिस्पर्धा हुन सक्ने देखिन्छ ।

बैंकहरुमा पछिल्लो समय सस्तो कर्जाको ब्याजदर ल्याएर एनआईसी एशियाले कर्जामा प्रतिस्पर्धा गर्ने नीति लिएको देखिन्छ । विगतमा बैंकहरुमा तरलता अभाव हुँदा ब्याजदर बढाउने योजना समेत एनआईसी एशियाले लिने गरेको थियो ।

यद्यपी एनआईसी एशिया बैंकसँग ऋणीको गुनासो भने सस्तो ब्याजदरको योजनामा ऋण दिलाउने र तीन महिनापछि नै बढाउने भनेर आलोचना हुने गरेको थियो ।


क्लिकमान्डु