बिहीबार आन्तरिक र बाह्य गरी १४ उडान भए, १२४५ यात्रु नेपाल आए



काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य गरी १४ वटा उडान भएका छन् ।

विमानस्थलका अनुसार १० वटा अन्तर्राष्ट्रिय र ४ वटा आन्तरिक उडान भएका हुन् । जसमध्ये एकजना बच्चासहित १ हजार २४५ जना मानिस नेपाल आएका छन् । साथै हिमालयन एयरलाइन्सले दमामबाट २ वटा शव पनि नेपाल ल्याएको छ ।

बिहीबार नेपाल एयरलाइन्सले कुवेत, जेद्दाबाट यात्रु ल्याएको छ भने दोहा प्रस्थान गरेको लछ । त्यसैगरी हिमालयन एयरलाइन्सले माले र दमामबाट यात्रु ल्याएको छ भने आवुधावी प्रस्थान गरेको छ । त्यसैगरी जजिरा एयरवेजले कुतेवबाट २ वटा उडानमार्फत यात्रु ल्याएको छ । साथै मालिन्डो एयरले क्वालालम्पुरबाट र श्री एयरलाइन्सले ढाकाबाट यात्रु ल्याएका छन् । श्री एयरलाइन्सबाट २२ जना यात्रु आजै ढाका प्रस्थान गरेका छन् ।

आन्तरिक उडानतर्फ समिट एयरले ११ जना यात्रु बोकी सिमिकोट, एयर डाइनेस्टीले ६ जना यात्रु बोकी मुस्ताङ, माउन्टेन हेलीले बिराटनगरबाट ४ जना काठमाडौं ल्याएको छ भने बिहीबार नै धादिङ गएको छ ।

विमानस्थलका अनुसार शुक्रबार १० वटा अन्तर्राष्ट्रिय उडान हुने तालिका छ ।


क्लिकमान्डु