सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा दोलखाको मागा देउरालीको बाघखोर



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंकले दोलखा जिल्लाको मागादेउराली,–०३ बाघखोरमा यहि असार ३ गतेबाट १०४ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी गोविन्द श्रेष्ठ लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखनिय विश्वास एवं बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।


क्लिकमान्डु