गरिमा विकास बैंकले ऋणिलाई दिने भयो शतप्रतिशत ब्याज छुट



काठमाडौं । गरिमा विकास बैंकले हायर पर्चेज कर्जा लिनेलाई एक महिनाको ब्याज छुट दिने भएको छ।

बैंकले सवारी साधन धितो राखीे यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन (बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत) कर्जा लिनेलाई १ महिनाको ब्याज छुट दिने जनाएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकले बैशाख १६ गते जारी गरेको निर्देशन बमोजिम वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत छुट दिनुका साथै महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरेको जनाएको छ ।

सम्पुर्ण सेवाग्राहीहरुले २०७७ आषाढ मसान्त भित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी बाँकी कर्जा पुरै तिरेर उक्त सुविधा लिन सक्ने जनाएको छ ।

बैंकले कोभिड-१९ को महामारी तथा देशब्यापी लकडाउनका कारण अत्याधिक प्रभावित सर्वसाधारण यात्रु तथा पर्यटक वाहक सवारी साधन खरिदका लागि ‘हायर पर्चेज’ शीर्षकमा कर्जा सुविधा उपभोग गर्ने सेवाग्राहीलाई प्रदान गर्न लागेको छुटले सम्बन्धित सेवाग्राहीहरुलाई थोरै भएपनि राहतको महशुस हुनेछ भन्ने विश्वास लिएको बैंक द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु