कुमारी बैंक र देवः विकास बैंकको एकीकृत कारोबार असार २८ बाट



काठमाडौं । कुमारी बैंक र देवः विकास बैंकको एकीकृत कारोबारमा असार २८ गतेबाट हुने भएको छ ।

बैंकले सूचना जारी गर्दै दुवै बैंकको एकीकृत कारोबार असार २८ गतेबाट हुने जानकारी गराएको हो ।
कुमारी र देवःको जेठ १९ गतेको साधारण सभाले एक्विजिशनको प्रस्ताव पारित गरेकाृ थियो ।
एकीकृत पछि कुमारी बैंकको नामबाट सेयर कारोबार हुने छ ।

कुमारी र देवःलाई एकीकृत कारोबारको लागि नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते स्वीकृति दिएका छन् । देवःलाई क्क्विजिशनपछि कुमारीको चुक्ता पुँजी १२ अर्ब ५१ करोड रुपैयाँ हुने छ ।


क्लिकमान्डु