गरिमा विकास बैंकको ब्याजदर सार्वजनिक, केमा कति ?



काठमाडौं । गरिमा विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगतले ९ प्रतिशत र संस्थागतमा ८ प्रतिशत ब्याज रहेको छ ।

यस्तै बचत खातामा सबैभन्दा बढी ६ प्रतिशत र सबैभन्दा कम ४.५० प्रतिशत रहेको छ । हाल बैंकले १८ वटा बचत खाता सञ्चालमा ल्याएको छ । चैत समान्तसम्म बैंकको आधारदर १०.९७ प्रतिशत रहेको छ ।


क्लिकमान्डु