भ्रष्टाचारमा लिप्त सरकारका विरुद्ध जनकारबाही हुनसक्छः अधिवक्ता राजेश काफ्ले लेख



अहिले पत्रपत्रिका, टेलिभिजन, रेडियोलगायत आमजनमानसमा कोरना भाइरसको महामारीको समयमा पनि भ्रष्टाचार भएको भन्दै सरकारको आलोचना भएको छ ।

कोरना भाइरस कहिले र कसरी यस्को नियन्त्रण हुन्छ रु यसबाट मुलुकले कसरी निकास पाउँछआदि प्रश्नको सम्बन्धमा प्रधानमन्त्रीदेखि सामान्य नागरिक सबैले आ–आफ्नो तरिकाबाट व्याख्या र विवेचना गरेको पाइन्छ ।

तथापी विगत तीन महिनादेखि कोरोनाको माहामारीबाट भएको बन्दाबन्दीले सम्पूर्ण जनता देशभित्र तथा बाहिर आपतविपतमा छन् । कयौं मानिस कोरनाको रोगबाट ग्रसित छन् भने केही मानिसले आफ्नो ज्यान समेत गुमाएका छन् ।

यस्तो दुखद् घडिमा सरकारबाट जनतालाई कुनै कुराको ठोस राहत तथा स्वास्थ्य सुरक्षाको प्रत्याभूति छैन । सम्पूर्ण जनता भोक, रोगको भय, त्रासबाट आफ्नो जीवन बाँच्न बाध्य छन् । भोलि के हुने हो ? कसैलाई केही थाहा छैन ।

तर सरकार जनताले दुःख गरेर कमाएको रकमबाट तिरेको अर्बौ रकम करबाट आफ्नो दैनिकी गुजारा कसरी गर्ने भन्ने कुरामा मात्र तल्लीन देखिन्छ । अर्थमन्त्री कर्मचारीलाई दिने तलबका लागि पैसा छैन, सरकारको ढिकुटी रित्तियो, जनताले जे जसरी भए पनि सरकारलाई कर तिर्नु पर्यो, त्यो पनि ७ दिनभित्रै नत्र तलब खान नपाइने भयो भन्नुहुन्छ ।

तर जनताले यस्तो बन्दाबन्दीको अवस्थामा काम गर्न नपाई दालभात पनि खान समस्या भएको, औषधि उपचार गर्न नपाई अकालमा मर्नु परेको विषयमा सरकारको पदमा आसिन व्यक्तिहरुलाई अलिकति पनि कुनै लाज, चिन्ता देखिदैन, अदालतले कर तिर्न ३० दिनको म्याद थप गरिदियो ।

तर सरकार भने अदालतले अन्याय गर्यो भन्दै आइरहेको छ । त्यतिमात्रै होइन यस्तो संकटपूर्ण अवस्थामा अर्बौ रकम स्वास्थ्य सामग्री खरिद गर्दा, कोरना भाइरस नियन्त्रणका अन्य कार्यहरु गर्दा सरकारबाट भ्रष्टाचार भएको कुरा पत्रपत्रिका, टेलिभिजन, रेडियोआदिमा समाचार देख्न, पढ्न र सुन्न पाइन्छ ।

यो कस्तो बिड्म्बना, हामी जनताले कस्तो मानवीयता नभएको मानिसलाई शासनसत्ता सञ्चालन गर्न निर्वाचित गर्यौं । तर सतिले सरापेको देश न पर्यो, धिक्कार छ हाम्रा नेताहरुलाई, जसले शासन सञ्चालन गर्ने वर्गले यस्तो माहामारीको बेलामा पनि देशमा भ्रष्टाचारमा लिप्त छन्, जनताको खुन, पसिना चुसिरहेका छन् ।

कोरना भाइरसका बारेमा बुझ्न घरवाट वाहिर सडकमा पुग्दा जताततै नारा जुलुस देख्न सकिन्छ । कोरना भाइरस र भ्रष्ट नेपाल सरकार ।

हामीलाई भान हुन्छ कोरना भाइरस भ्रष्टाचार गर्नका लागि त होइन कतै रु बाटोमा हिँड्ने जो कोही व्यक्तिलाई सोध्ने बित्तिकै फटाफट जवाफ सुनिन्छ कोरना भाइरस भनेको यो मुलुकमा शासक वर्ग मन्त्री, कर्मचारीदेखि सबैको लागि भ्रष्टाचार गर्नका लागि अवसर भएको छ ।

देशमा भएको बृहत जनआन्दोलनबाट तानाशाही सरकार सत्ताच्युत भएको छ भने निरंकुश राजतन्त्रलाई फालिएको छ । सडकबाट जनताको अधिकार लिएर नेताहरु सदनमा पुगेका छन् र सत्ताको बागडोर सम्हालेका छन् ।

भ्रष्टाचारलाई पूर्ण समाप्त पारी पूर्ण लोकतान्त्रिक गणतन्त्रको सरकारबाट मुलुकमा शान्ती, अमनचयनको पुनर्बाहाली गरी नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न, सुखी र समृद्ध बनाउनु पर्दछ ।

नेपालीहरु सोझा र सरल छन् तर त्यसको गलत तरिकाले कसैले फाइदा उठाउँन आँट गर्दछन भने एकजुट भइ कसैलाई पनि छोड्दैन भन्ने जनआन्दोलनले देखाएको परिणाम हो । जनशक्तिको अगाडि बन्दुकको नाल पनि झुक्छ भन्ने कुरा राजाले सत्ता छोडेको ज्वलन्त उदाहरण हो ।

लाग्दछ अहिले मुलुकभरी भ्रष्टाचारको विरुद्धमा यस्तै आवाज बुलन्दरुपमा गुञ्जिएको छ । सरकार नसुने झैं गरी कानमा तेल हालेर जनताको आवाजलाई दमन गर्नमा उत्रेको छ तर अब कति दिन र कहिलेसम्म जनआवाजलाई दमन गर्ने ।

जनताबाट निर्वाचित जननेताहरु सदनमा पुगेपछि र सरकारमा पदासिन भएपछि भ्रष्टाचारमा लिप्त भइ जनतालाई कोरना भाइरस लाग्नबाट बचाउनका लागि सही रोकथाम उपचारको व्यवस्था नगरी जनताको हितमा काम नगरी स्वर भासिएको र व्यवहार स्यालको जस्तो देखिन थालेको छ ।

आफूलाई जननेता भन्ने नेताहरुले जनशक्तिलाई बिर्सी सत्तालोलुपतामा लागि भ्रष्टाचारमा लिप्त भइ जनहित अनुकुल काम नगरी यस्तै जनतालाई शोषण, अन्याय, अत्याचार जारी राखेमा फेरि जनताले कुनै पनि हालतमा माफी गर्ने छैनन् । र, यो जनकारवाहीले विधिको शासन र मानव अधिकारको प्रारम्भिक मूल्य र मान्यतालाई समेत बिर्सने छ ।

त्यसैले अहिलेको घडी भनेको नेताहरुको लागि अग्नी परीक्षा हो । जो पास भयो उ जननेता भयो र जो फेल भयो उ जनकारवाहीमा पर्यो । त्यसबखतको जनकारबाहीको परिकल्पना हामी गर्न सक्दैनौ ।

किनभने त्यो सामाजिक मूल्य, मान्यता र न्यायभन्दा धेरै बाहिर पुगेको हुन्छ । त्यसैले यस्तो कठिन परिस्थितिमा नालायक, असक्षम र मतिभ्रष्ट नेता एवं कार्यकर्ताहरु हो पदलोलुपतामा नफस, जनताको सेवक हो भन्ने कुराको ज्वलन्त उदाहरण वन भन्न मात्रै सकिन्छ ।

यो पनि गर्न सक्दैनौ भने चुपचाप घरमा बस र राजनीतिबाट सन्यास लेऊ, शासन सत्ताबाट राजीनामा देऊ र इतिहासमा आफ्नो नाम सुनौलो अक्षरमा लेखाओ । यसैमा कल्याण छ नत्र भने जनकारबाहीमा पर्ने छौं र मरेपछि पनि वीर अमर शहिदहरुले तिमीहरुलाई छोड्ने छैनन् । त्यसैले बेलैमा चेतना भया ।

हामी सोझा नेपाली जनताले कोरना भाइरसको यस संकटकाल पूर्ण समयमा सरकारबाट भएको भ्रष्टाचारको एक-एक हिसाब किताब राखेका छौं । सरकारको काम कारबाहीलाई जनताले नियाली राखेका छन् ।

वर्षौदेखि जरा गाडेर बसेको यस्तो निरंकुश तानाशाही भ्रष्ट सरकारलाई फेरि पनि कहिलेै नपलाउने गरी मोथे झारलाई जरैदेखि उखलेर फ्याके जस्तै फ्याली दिन जनता तयार भएका छन् ।

तसर्थ बेलैमा सरकारले सबै वर्ग र जाति, जनसंख्या एवं भौगोलिक क्षत्रीयताको आधारमा हामी सबै नेपाली जनाताको हित, सुख, सुविधा, विकास हुने गरी जनतालाई सर्वशक्तिमान कायम राख्ने गरी मुलुकलाई हालको कोरना भाइरसबाट निकास दिन नै संविधानअनुसार भ्रष्टाचाररहित मुलुकको शासन व्यवस्था सञ्चालित गर्नुपर्दछ ।

मानव इतिहासलाई हेर्ने हो भने कोही पनि मानिस जन्मदैमा राज्य सत्तामा सर्व शक्तीमान भएर जन्मेको हुँदैन । आफ्नो कर्मअनुसार जनताले राज्य सत्तामा पुर्याएका हुन्छन् । यो धुब्र सत्यतालाई ग्रहण गर्न अब सरकारले ढिला गर्नु हुँदैन ।

यदी यो नेपालमा नेपाली भएर बस्ने हो भने जनताको मौलिक हक अधिकारमाथि कुल्चने निरंकुश सरकार नेपाली जनतालाई अब कदापी पनि स्वीकार्य हुने छैन । समय धेरै अगाडि बढेको छ । तर नेता धेरै पछाडि छन् । फेरि पनि जनताविरोधी कार्य गरी यो संविधानलाई तहसनहस पार्ने कठपुतलीहरुको खेलमा सरकार अल्झियो भने जनताको निर्णय टाढा छैन ।

हामी गरीब नेपाली जनताको रगत र पसिनाको कमाइबाट राष्ट्रलाई बुझाएको करोडौं राजश्व रकम खर्च गरी निहत्था जनतामाथि बर्बरपू्र्ण तरिकाले भ्रष्टाचार गर्नेे र आफू भव्य आलिशान महलमा बस्ने, मोजमस्ती गर्ने नेता, सरकार हामी जनतालाई चाहिएको छैन ।

इतिहासबाट नामोनिसान मेटिएका तानाशाही र निरंकुश व्यक्तिलाई शसन व्यवस्था चलाउने नेतामाथि अब कुनै पनि हालतमा जनताले विश्वास गर्ने छैनन् । कोरना भाइरसको यस संकटकालपूर्ण अवस्थामा पनि भ्रष्टाचार गर्ने, सत्तामा आए पश्चात प्रजातन्त्रका मीठा नारा लगाउने तर शासन व्यवस्था निरंकुश तरिकाले चलाउने नेतालाई राखेर धेरै पटक नेपाली जनताले धोखा खाइसके ।

जुन कुाराको नपालको इतिहास साक्षी छ । संविधानको मर्म र मनसाय विपरीत भ्रष्ट नेताले नैतिकरुपमा राज्य सत्ता छोड्नु पर्नेमा झन निरंकुश प्रवृति देखाउने नेताबाट नेपाल र नेपालीको हित कदापी पनि हुन सक्दैन ।

नेताले आफ्नो शासन सत्ता टिकाउन जुनसुकै पनि आफ्नो स्वार्थ अनुकुलको कदम चाल्न सक्छन भन्ने कुराको ज्वलन्त उदाहरण भनेको नालायक मन्त्रीहरुको अनुहारबाट स्पष्ट हुन्छ । तसर्थ, रात रहे अग्राख पलाउँछ भन्ने नेपाली उखानलाई मध्यनजर गरी अब निशर्त रुपमा भ्रष्ट नेता, कर्मचारी, व्यापारी सबैलाई जनताले पुनः गल्ती दोह्रयाउन नसक्ने गरी सदासर्वदाको लागि बिदा गर्नेछन् र भ्रष्टाचारमुक्त नयाँ नेपालको निमार्णका लागि आम नेपाली जनता पुनः जनआन्दोलमा उत्रने छन् ।

यो वास्तविकता हो र कसैले यो वास्तविकतालाई नजर अञ्दाज गर्दछ भने तिनीहरुलाई जनअदालतमा उभाइन्छ र जनताले तिनीहरुलाई सजायको निर्णय सुनाउने छन् ।


क्लिकमान्डु