लक्ष्मी बैंकले दोहा बैंकबाट ल्यायो २ अर्ब ४४ करोड रुपैयाँ ऋण



काठमाडौं । लक्ष्मी बैंकले दोहा बैंकबाट २० मिलियन अमेरिकी डलर( २ अर्ब ४४ करोड रुपैयाँ) ल्याएको छ ।

लक्ष्मी बैंकले २० मिलियन अमेरिकी डलर दोहा बैंकबाट ऋण प्राप्त गरेको हो ।

२०७७ साल, बैशाख १५ गते लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात सो ऋण रकम प्राप्त भएको हो । सो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको छ ।


क्लिकमान्डु