सानिमा बैंकले नेपालमा पहिलो पटक शुरु गर्यो अपांगतमैत्री वेवसाइट
काठमाडौं । सानिमा बैंकले नेपाली बैंकिङ क्षेत्रमा पहिलो पटक अपांगमैत्री वेवसाइटको शुरुवात गरेको जानकारी दिएको छ ।
वेवसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्युटर प्रयोग गर्न गाह्रो हुने व्यक्तिका लागि उपयोगी हुने बैंकको भनाइ छ ।
वेवसाइटको प्रयोगले अपांगता भएका व्यक्तिलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच दिने विश्वास बैंकले लिएको छ ।
साथै अन्य व्यक्तिहरु जस्तै बृद्धबृद्धा तथा नयाँ प्रयोगकर्तालाई पनि अनलाइनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ पहुँच पुर्याउने प्रयास गरेको छ ।
यो सुविधा प्रयोग गर्नका लागि बैंकको वेवसाइटमा गई दायाँ कुनामा रहेको अपांग मैत्री आइकनमा क्लिक गरी आफूलाई चाहिएको सुविधा अनुसारको अपसन बटनमा क्लिक गरी वेवसाइटको प्रयोग गर्न सकिनेछ ।
यो सेवा हाल अंग्रेजीमा मात्रै उपलब्ध छ भने समयक्रमसँगै अन्य अपांगतामैत्रीे सेवा सुविधाहरु थप विस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहज रुपमा पूरा गर्ने बैंकको उद्देश्य छ ।
सानिमा बैंकले देशभरका सातै प्रदेशबाट ७९ शाखा, ७ वटा विस्तारित काउन्टर तथा ८१ एटीएममार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।