आइतबार थप ४२१ जना कोरोना संक्रमित भेटिए, कुल संख्या ९ हजार नाघ्यो



काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२१ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् । आइतबारसम्म कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १९४ जना उपचारपछि निको भएका छन् भने हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १ हजार ७७२ छ ।

त्यसैगरी हालसम्म क्वारेन्टिनमा ९४ हजार ९२८ जना छन् भने आइसोलेसनमा ७ हजार २३१ जना छन् । त्यसैगरी हालसम्म १ लाख ७५ हजार १७३ वटा पीसीआर परीक्षण गरिएको छ भने आरडीटी परीक्षण २ लाख ६२ हजार १७४ वछा भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित भइ २३ जनाको मृत्यु भइसकेको छ a।


क्लिकमान्डु