स्वास्थ्य सामग्री खरिदमा अनियमितता नभएको भन्दै मन्त्रालयले दियो स्पष्टिकरण



काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा अनियमितता नभएको भन्दै स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण दिएको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा प्रमुख डा. रमेश खरेलले बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद नियमावली अन्तर्गत नै रहेको गरिएको र छनोट गर्दा प्राविधिकरुपमा सबैभन्दा बलियो कम्पनीलाई छनोट गरेको दाबी गरे ।

उनका अनुसार गुणस्तरीय सामग्री खरिद गर्नका लागि बोलपत्रमा आह्वान भएकामध्ये न्यूनतम मूल्य पेश गरेका आधारमा खरिदकर्ता छानिएको हो ।

‘अनुमानित लागत ४२ करोड ८ लाख ११ हजार ५ सय रुपैयाँ भए पनि सबैभन्दा कम प्रस्ताव पेश गरेको ओम कन्सर्नसँग जम्मा २७ करोड २१ लाख रुपैयाँमा सम्झौता भएको हो,’ उनले भने ।

उनका अनुसार स्वास्थ्य सामग्री खरिदमा मात्रै अनुमानितको तुलनामा १४ करोड ८७ लाख ११ हजार ५ सय रुपैयाँ अर्थात् ३५.३४ प्रतिशतले रकम सरकारको कोषमा बचत भएको छ ।

त्यस्तै, खरिद प्रक्रियामा कुनै पनि राजनीतिक तहबाट वा अन्य वर्गमा कुनै दबाब नरहेको र खरिद प्रक्रियाको प्रचलित कानूनबमोजिम हुने भएकाले त्यसको कुनै पनि गुन्जाएर नहरेको उनले दाबी गरे ।

उनले बोलपत्रको ११औं नम्बरभन्दा माथिल्लो नम्बरमा भएका कम्पनीहरुले रि–एजेन्टको मापदण्ड पूरा नगरेको र प्राविधिक रुपमा असफल भएकोले बोलपत्र अस्वीकार गरिएको उनले बताए ।

‘प्राविधिकरुपमा सफल भएकामध्ये पहिलो नम्बरमा रहेको ओम सर्जिकल कन्सर्न प्रालिको बोलपत्र स्वीकृत गरिएको हो,’ उनले भने ।

साथै स्वास्थ्य सामग्रीमा खरिदमा आरएनए तान्ने किटको ३० बाट घटाएर ६ नघटाएको भन्दै बरु ६ बाट बढाएर ३० कायम गरिएको समेत जानकारी दिए ।


क्लिकमान्डु