शुक्रबार ४२६ जना नयाँ कोरोना संक्रमित थपिए, कुल संख्या ८२७४ पुग्यो



काठमाडौं । शुक्रबार ४२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२७४ पुगेको छ

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २१६ जना संक्रमित निको भएका छन् भने कुल निको हुनेको संख्या १४०२ पुगेको छ ।

त्यसैगरी क्वारेन्टिनमा बस्नेको संख्या १ लाख ९ हजार ४६१ हजार पुगेको छ भने पीसीआर परीक्षण १ लाख ७० हजार वटा भएका छन् । त्यसैगरी मृत्यु हुने कोरोना संक्रमितको संख्या २२ पुगेको छ । सरकारले हाल २२ वटा प्रयोगशालामा पीसीआर परीक्षण गरिरहेको छ ।


क्लिकमान्डु